धनगढी। धनगढीमा भोली शुक्रबार देखी ३ दिनसम्म सञ्चालन हुने डेउडा प्रतियोगिताको तयारी पुरा भएको छ। धनगढीको सुदूरपश्चिम साहित्य प्रतिष्ठानको प्राङगणमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक देउडा प्रतिष्ठान केन्द्रले पत्रकार सम्मेलन गर्दै आज जानकारी दिएको हो।
डेउडा प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको नौ जिल्लाका ३० टिमको सहभागिता रहने छन् । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मन्त्री सन्तोस थापा शर्माले शुक्रबार विहान ११ बजे उद्ध्घाटन कार्यक्रम तय भएको देउडा प्रतिष्ठान केन्द्रका वरिष्ठ उपाध्यक्ष सुरत रावल ‘डोटेली कान्छा’ ले जानकारी दिए। उनले प्रतियोगिताका लागि कलाकारहरु धनगढी पुगिसकेकोे बताए। उनले डेउडा गितलाई पुस्तान्तरण गर्नुका साथै देउडाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यसको प्रचार प्रसार गर्ने समेत उद्देश्यका साथ आयोजना गरिएको बताए।
डेउडा प्रतियोगिताको एक टिममा ७ देखि ११ जना सम्म सहभागि हुन पाउने भएकाले गर्दा कम्तीमा पनि ३ सय कलाकारहरु सहभागि हुने उनको भनाई छ। शुक्रबारबाट सुरु हुने प्रतियोगिता आईतबार समापन गरिने प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए। उनका अनुसार प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ। साथै प्रत्येक दिन प्रतियोगितामा सहभागीमध्ये एक जना देउडियालाई नगद १ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ । अध्यक्ष बोगटीले डेउडाका पारखीहरुलाई प्रतियोगितास्थलमा सहभागि भईदिन अनुरोध समेत गरेका छन्। प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रबद्र्धन गरेको बताइएको छ ।