कैलाली। कैलालीको टिकापुरमा एक जना पुरुषको शव फेला परेको छ। कैलालीको टिकापुर नगरपालिका–२ सन्कट्टि घाटस्थित कर्णाली नदी किनारमा बुधवार अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ। हाल नाम, थर नखुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी मृतको शव टीकापुर अस्पतालको शव गृहमा राखीएको छ। उक्त मृतकको शव हालसम्म पहिचान हुन नसकेको सकेको छैन्। पहिचानकालागी प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। नामथर,ठाउँ खुल्न नआएको उचाई ५ फिट २ ईन्च,खैरो रङ्गको दाउरा सुरुवाला, खैरोमा कालो धर्का भएको हाप कोट, कालो रङ्गको जुत्ता मोजा, सेतो भेष्ट लगाएको, कपाल र दाह्री सेतो, ओठ र नाक मुनी सेतो दुबी जस्तो दाग, गोलो अनुहार भएको पुरुषको शव फेला परेको हो। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।