धनगढी : कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आफुलाई कामको डर रहेको बताएका छन् । आफु सिमित आफ्नो जिम्मेवारी राम्रोसंग पुरा गर्ने उद्देश्य राखेर अगाडी बढ्ने भएका कारण काम कसरी उत्कृष्ट गर्ने भनेर आफुमा डर रहेको उनले बताएका हुन् ।
कैलाली जिल्लाको कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरुसंग परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कटेलले आफ्ना लागी कामनै महत्वपुर्ण भएका कारण नतिजा देखाउने गरी लाग्ने बताए । आफु कैलालीमा आएपछि तालिका अनुसार काम गर्ने सोच बनाएको उनले बताए । हरेक वडा देखी सेवाग्राहीको चाप हुने सरकारी कार्यालयको अनुगमन गरी कमी कमजोरी पत्ता लगाउने र तिनको निराकरणमा मेरो ध्यान जाने छ प्रमुख जिल्ला अधिकारी कटेलले भने “म वडा देखी काम शुरु गर्छु, वडाले सिफारिश गरेको नागरिकता हामीले बनाउनुपर्ने हुन्छ, त्यहाँ कसरी सिफारिश भइरहेका छन् र कमीकमजोरी छन् भने तिनलाई सच्याउन लाउँछु, मालपोत, नापी कार्यालयहरुको सेवा प्रबाह म बुझ्छु के छ अवस्था के सुधार गर्नुपर्ने छ त्यता तिर लाग्ने छु ।”
म अहिलेनै यस्तो गर्छु भनेर भन्नुभन्दापनि म काम गरेर देखाउने छु कटेलले भने “मैले सरकारले दिएको तलव खाएको छु, कसैले भन्ला नभन्ला मैले मेरो काम भने गर्नुपर्छ म त्यो काम गर्नेछु ।” मैले मेरो कर्म इमान्दारिताका साथ गरेन भने यो कुर्सीमा बसेको अर्थ हुँदैन उनले भने “मैले इमान्दारिताका साथनै काम गर्न सकेन भने मेरो कर्मलेनै मलाई डस्छ, त्यस कारण मैले पुर्ण प्रयत्नका साथ काम गर्नुपर्छ, तपाइहरुले जहिलेपनि प्रश्न गर्नुपर्छ हामी त्यसलाई फ्लो गर्छौँ ।”
नेपालमै लागु औषध प्रयोगकर्ताहरुका् संख्या दिनानुदिन बढ्दो छ, कैलालीमापनि त्यही छ त्यस कारण मैले मेरो कर्ममा चुक्नु हुँदैन उनले भने “कैलालीमा मैले केही नयाँ दिन सकेन भने यस अघीपनि ४० जना सिडियो बनिसक्नुभा रहेछ यता म पनि गणनामा मात्रै पर्ने हुँ तर केही नयाँ गरे यस क्षेत्र र मेरो लागी राम्रै हुन्छ नी ।”