अत्तरिया। कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ श्रीपुरमा रहेको शारदा माध्यमिक बिद्यालयको ६५ औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ। बिद्यालयले ६५ औं बार्षिकोत्सव समारोहको अवसरमा एक हप्तादेखी बिभिध कार्यक्रम गर्दै आज भव्यताकासाथ बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो। माघ १० गते देखी बिभिध कार्यक्रमका आयोजना गरिएको थियो।
आज बिद्यालयको बार्षिकोत्सवको भव्य समारोह सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष राजकुमारी चौधरीको सभापतित्व र कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपाकिकाकी उपप्रमुख शारदा देबि रोकाया रहेकी थिइन्। कार्यक्रममा बोल्दै उनीहरुले बिद्यालयको बिकास लगायतका क्षेत्रमा लागीपर्ने बताएका छन्। विद्यालयको चौतर्फि विकासका लागि आफुले सहयोग गर्ने उनीहरुको भनाइ थियो । शिक्षक सुभाष चन्द्र भण्डारीले सन्चालन गर्नुभएको कार्यक्रममा शिक्षक सुरेशानन्द भट्टले स्वागत मन्तव्य राखेका थिए।
बिद्यालयका प्रधानाध्यापक भोजराज जोशिले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। यस्तै गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी बिशिस्ट अतिथि रहेका थिए। कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न साङ्स्कृतिक नृत्य लगायत आफ्ना प्रस्तुतीहरु दर्शाएका थिए। एक हप्तासम्म संचालित विभिन्न खेलकुद बिधामा बिजेता बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो।
साथै शैक्षिक सत्र २०७८ मा आआफ्नो कक्षामा प्रथम, दितिय, तृतिय हुने बिद्यार्थिहरुलाइ पनि पुरस्कार प्रदान गरिएको थियो। बार्शिकोत्सव समारोहको अवसरमा विभिन्न ब्यक्तिहरुलाइ सम्मानित पनि गरिएको छ। सम्मानित हुनेहरुमा बिधालयका पुर्व शिक्षक तारानाथ ओझा, पुर्व बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष देवराज पन्त लगायतका रहेका छन्। यस्तै डेडभद्र अक्षय कोष स्थापना गर्नुहुने सोहि बिद्यालयका पुर्व शिक्षक कबिराज जोशी र सुदर्शन अक्षय कोष स्थापना गर्नुहुने डाक्टर घनश्याम भट्ट रहेका छन्। सम्मानित हुनेहरुमा जङ्गबहादुर स्मृति कोषका सङ्स्थापक तृष्णा राज्य लक्ष्मी सिंह र ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी पनि रहेका छन। सोही कार्यक्रममा बिधालयमा नियमित आइ आफ्ना नानी बाबुहरुको पढाइ र अन्य पक्षहरुमा चाँसो राख्ने, आफ्ना छोराछोरिहरुलाइ पढाईमा लगनशील र मिहिनेती बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरे बाफत बिधालयका अभिभावक बिमला चन्द सिंह सम्मानित भएकी छिन्। बिद्यालयको समग्र बिकासमा उल्लेखनिय योगदान गरेवाफत बिधालयमा लामो समय शिक्षण गर्नुभएका शिक्षक दीपकराज पन्तलाई पनि दोसल्ला ओढाइ सम्मान गरिएको छ।फोटोफिचर



