धनगढी। कैलालीको चुरे गाउँपालिका खानीडाँडाबाट लागुऔषध चरेस मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाडा बस्दै आएका २४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन्।आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट खानीडाडा कैलाली,सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिगएको संयुक्त टोलीले धानुकलाई पक्राउ परेको हो।
लागुऔषध चरेस मुद्दामा जिल्ला अदालत बझाङ्गको २०७६ मंसिर १८ गतेको फैसला आदेश अनुसार ८ महिना २९ दिन कैद र पाँच हजार जरिवाना तोकिएका धानुक फरार थिए । बझाङ्ग जिल्लाको साविक दहबगर गाविस वडा नम्बर ३ स्थायी घर भई हाल चुरे गाउपालीका–५ खानीडाडा बस्दै आएका धानुकले कैद भुक्तान तथा जरिवाना असुल नगरी सम्पर्क नआएले प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

