धनगढी। कैलालीको घोडाघोडीमा अवैध काठ बरामद गरीएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा रहेको रतिपुर गाउँबाट सालको गोलियासहित ट्याक्टर बरामद गरिएको छ ।
शनिवार डिभिजन वन कार्यालयले एक थान सालको गोलिया, ८२ चिरान सहित ट्याक्टर बरामद गरेको हो।
सब-डिभिजन वन कार्यालय सुखडबाट खटि गएको गस्ती टोलिले विशेष सुराकीको आधारमा ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामद गरेको जनाईएको छ। टोलिले से१त ९२६५ नम्वरको ट्याक्टरका चालक २२ वार्षिय जीवन शाहीलाई प्रकाउ गरेको सब डिभिजन वन कार्यलय सुखडका प्रमुख सोमलाल घलानले जानकारी दिए। बरामद गरिएको काठको अनुसन्धान गरिने र कानुनी प्रकियामा आइतबार लैजाने डिभिजन वन कार्यालयले जनाएको छ ।


