कञ्चनपुर। कञ्चनपुरमा खाडलमा गाडेको अवस्थामा अवैध काठ बरामद गरिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्के बस्ने लालदाश रानाको घर पछाडीको आलु बारीमा खाडल खनी लुकाई राखेको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले लालदाश रानाको घर पछाडीको आलुबारीमा ३४ दशमलव ९५ क्युफिट अवैध काठ बरामद गरेको हो। ७ फिट लामो र ५ फिट १० इन्च गोलाई भएको सालको काठ एक थान, ८ फिट लामो र एक फिट ६ इन्च चौडाई तथा ८ इन्च मोटाई भएको थप दुई थान सालकै काठ बरामद गरिएको हो। प्रहरीले विशेष सुचनाको आधारमा बरामद गरेको उक्त काठलाई सव–डिभिजन बन कार्यालय बाणीमा बुझाएको छ। सो बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।