ऐश्वर्य बहुमुखी क्याम्पसले अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेको छ। बिहीबार ऐश्वर्य बहुमुखी क्याम्पसका विद्यार्थी तथा प्राध्यापकले गरेको अनुसन्धान सार्वजनिक गरिएको हो।
बिएससी चौथो वर्षमा रसायन बिषय लिएर पढेका विद्यार्थी तथा प्राध्यापकले गोदावरी नगरपालिका वडा नम्बर ६ मा भुमिगत पानीमा आर्सेनिक तह कति छ भनेर अनुसन्धान गरेका थिए।
आज सरस्वती पूजाको अवसरमा गोदावरी नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष अनिल चौधरीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरिएको ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले बताए।
उक्त अनुसन्धानका चिफ रिसर्चर मनोज ओझाले उक्त प्रतिवेदन हस्तान्तरण गरेको उनले बताएका छन्। उक्त क्षेत्रमा मात्रा भन्दाबढी आर्सेनिक फेला परेको र ५० फुट जमिन मुनीको पानि मात्र खान मिन्ने प्रतिवेदनले देखाएको छ।
५० फुट भन्दा माथिको पानी खानु खतरनाक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।