धनगढी। कैलालीको लम्कीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ बाट ३२ ग्राम बढी लागुऔषधसहित एक जना पक्राउ परेका हुन्। कैलाली प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय विजय मल्ललाई पक्राउ गरेको जनाएको छ।
Advertisement



उनलाई ३२ ग्राम ५९० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित लम्कीचुहा १ राजीपुरस्थित लम्की–टीकापुर सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर भेटिएको थियो। पक्राउ परेका मल्लमाथि लागु औषध मुद्दामा अनुसन्धान थालिएको कैलाली प्रहरीले बताएको छ।
Advertisement
