कञ्चनपुर। कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ। आज बिहान ११ बजेको समयमा कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ११ अमरबस्ती स्थित कालोपुल नजिकबाट अबैध काठ बरामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ । प्रहरी टोलीले साल जातको काठको १२ गोलीया थान ४५ क्युफिटको अबैद्य काठ बरामद गरेको हो।
Advertisement



कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ११ अमरबस्ती स्थित कालोपुल नजिक बिन्दबासिनी मन्दिर देखि मदन टोल जोड्ने भित्री पक्की सडक किनारमा बेवारिसे अवस्थामा काठ रहेको सुचना प्रहरीलाई प्राप्त भएको थियो। उक्त सुचनाको आधारमा प्रहरी निरीक्षक नरेश राज मल्लको कमाण्डमा खटीएको प्रहरी टोलीले उक्तकाठ बरामद गरी आवश्यक कारवाहीकोलागी सब डिभिजन बन कार्यालय कुण्डा पचकडिया परासन बुझाईएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सो बारेमा अनुसन्धान भैरहेको जनाएको छ।
Advertisement
