कञ्चनपुर। कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएका एक जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन्। आरक्ष विस्थापित शिविरको ढक्का स्थित बुधबार दिउँसो खर काट्ने क्रममा बेलडाँडी टोल की ५० वर्षीया ललु सार्की घाइते भएकी हुन्। हात्तीले आक्रमण गरेर घाईते बनाएको घाइतेका श्रीमान् गिरी सार्कीले बताए ।
घाइतेको कञ्चनपुरको बेलौरी स्थित अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। सार्कीले आरक्षपीडित परिवार रहेकोले उपचार खर्चकालागि याचना समेत गरेका छन्। घाइतेको भित्री शरीरमा बढी चोट लागेको देखिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले तीन दिनका लागि स्थानीयहरूलाई खर काट्न दिने व्यवस्था गरेको थियो।