धनगढी : नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राइले प्रत्येक ट्राफिक पोस्टमा सवारी चालकले पैँसा नखुवाउँदासम्म गाडी अगाडी बढ्न नदिइने बाध्यता अँझै कायम रहेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनमा बोल्दै राइले हरेक पोस्टमा ट्राफिक प्रहरीले सवारी चालकहरुलाई दुख दिने मात्रै काम गरेको बताएका हुन् ।



धनगढीबाट काठमाण्डौँ जाँदा ३३ ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गर्छ राइले भने “त्यो चेकजाँच जाँचका लागी नभई पैँसा अशुल्नका लागी मात्रै भएको हामीले महशुस गरेका छौँ, हरेक पोस्टमा चालकहरुका सामान्य गल्ती देखाएर पैँसा लुट्ने काम भएको छ, यस तर्फ राज्य कहिलेसम्म मौन हुने हामीले प्रश्न गरेका छौँ ।” सवारी चालकहरुलाई सहजीकरणको सट्टा ट्राफिक प्रहरीले दुख दिने मात्रै काम गरेको छ उनले भने “एक ठाउँमा कागजपत्र चेक गर्दा ठिक भइसकेपछि ठाउँ ठाउँमा दुख दिनका लागी किन चेकजाँच आवश्यक हो, गलत भए कार्वाही गर्नुपर्ने ठाउँमा ट्राफिक प्रहरीले आफ्नो खल्ती भर्नकै लागी सवारी चालकहरुलाई दुख दिइरहेको छ ।”
यातायात ब्यवस्था ऐन अनुसार सबै सवारी चालकहरुले चल्नुपर्छ उनले भने “हाम्रो संगठनलेपनि सवारी चालक साथीहरुलाई ऐन कार्यान्वयनका लागी आग्रह गरिरहेको छ, तर सवारी चालकले ऐन कार्यान्वयन गर्ने अनी ट्राफिक प्रहरीले ऐन बिपरित पैँसा अशुल्ने र जरिवाना काट्ने काम गरिरहेको छ, यो हामीलाई मान्य छैन ।” यातायात ब्यवस्था ऐनमा एक पटक गल्ती गरे ५ सय रुपयाँ जरिवाना, दुइ पटकमा १ हजार र तेश्रो पटकपनि गल्ती गरे १ हजार ५ सय जरिवाना लिने नियम छ उनले भने “तर ट्राफिक प्रहीले पहिलो गल्तीमै १ हजार ५ सय जरिवाना काट्ने गरेको छ, नियम सवारी चालकहरुलाई मात्रै लाग्छ की ट्राफिक प्रहरीलाइपनि राज्यले गम्भिरताका साथ यो कुरालाई लियोस ।”
बषौँ पुराना सडकहरुमा हजारौँ गाडी कुदिरहेका छन् अनी दुर्घटनाको सम्पुर्ण जिम्मा प्रहरीले सवारी चालकको टाउकोमा हाल्ने गरेको छ राइले भने “राज्यलाई सडक सुधार गर्नमा ध्यान छैन बरु सवारी चालकहरुलाई दुख दिएर जरिवाना अशुल्ने र दुर्घटना भए हत्याराझैँ जेल कोच्नमा ध्यान छ, बषौँ पुराना यि सडकहरुको सुधार गर्ने हो भने दुर्घटना त्यतिकै न्युनिकरण भएर जान्छन् ।”

सवारी साधन दुर्घटना गराउने रहर कुनै चालकलाइपनि हुँदैन तर कहिँ कतै दुर्घटना भइहाले अपराधिझैँ सवारी चालकले जेल बस्नुपर्ने हुन्छ उनले भने “यति मात्रै होइन यातायात ब्यवस्था ऐनमा भए अनुसार क्षतीपुर्ती दिन सवारीधनी तयार हुन्छ तर त्यहाँ २० लाख ३० लाख रकमको बार्गेनिङ हुन्छ अनी त्यही मजदुरी गरेर किनेको गाडीले कहाँबाट त्यत्रो रकम तिर्न सक्छ, झन त्यहाँ सवारी साधनको शुरक्षा हुँदैन तोडफोड हुन्छ, अनी कसरी हामीले ढुक्क भएर सवारी साधन चलाउने ।”

हरेक शहरका बसपार्क ब्यवस्थित छैनन् तर सवारी चालकहरुबाट पार्किङ शुल्कमा मनोमानी छ उनले भने “संघ सरकार प्रदेश सरकार या स्थानिय सरकार यातायातका क्षेत्रमा कुनै संबेदनशिल देखिदैनन् बरु यातायात मजदूरहरुलाई दुख दिने मात्रै काम गरेका छन्, जहाँज दुर्घटना हुँदा छानबिन समिति बन्छन्, तर गाडी दुर्घटना हुँदा चालकलाई दोशी देखाउँदै प्रहरीले जेल कोच्ने काम गर्छ त्यसको वास्तबिकता कहिल्यै बाहिर आउँदैन ।” सामाजिक शुरक्षा ऐन ल्याइएको छ त्यसको हामीले स्वागत गरेका थियौँ उनले भने “त्यो कार्यान्वयन कहिल्यै हुँदैन हामी यातायात मजदूर जहिले अशुरक्षित र अपहेलित मात्रै भयौँ त्यस कारण अब हामीले आन्दोलन गर्नुपर्ने जरुरी देखिन्छ ।”
सबैभन्दा पहिले हामी अनुशासित र मर्यादित बन्नुपर्छ र सरकारलाई हाम्रा माग पुरा गराउन आन्दोलनमै उत्रिनपनि तयार हुनुपर्छ उनले भने “अश हामी सबै यातायात मजदूरका समस्या सम्बोधनका लागी संगठनले आन्दोलनको नेतृत्व गर्छ त्यसमा सबै यातायात मजदूरहरुले हातेमालो गर्न जरुरी छ ।



नेपाल यातायात स्वतन्त्र मजदूर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दको अध्यक्षतामा आयोजित दोश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरे, उपाध्यक्ष बिस्णु लामा, महासचिव केशव थापा, उप महासचिव खगेन्द्र बहादूर वली, जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादूर मल्ल लगायतले सुभकामना मन्तब्य राखेका थिए । आजै अधिवेशनको बन्दसत्रबाट नयाँ प्रदेश कमिटि चयन गरिने अध्यक्ष चन्दले बताएका छन् ।
(भिडियो)
https://fb.watch/igKnbOHSdB/
