धनगढी। सुदूरपश्चिममा भुकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो। भुकम्प मापन केन्द्रका अनुसार ५.९ म्यान्निच्युटको भुकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईका अनुसार बाजुरा जिल्लाको मदनामेला केन्द्र बिन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। भुकम्पले एकछिन पुरै घर हल्लाएको थियो। पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो। यस बारेमा थप विवरण आउँन बाँकी छ ।