कैलाली। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । केही दिन अगाडि मात्रै सुदूरपश्चिमको कमाण्ड सम्हालेका डीआईजी सिंहले
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुको आन्तरिक तथा बाह्य निरीक्षण गर्दै सो कार्ययोजना सार्वजनिक गरेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आएका डीआईजी सिंहले प्रहरी कर्मचारीलाई पालना गर्नुपर्ने आँचरण व्यवहार तथा सेवाग्राहीहरूसँगको बोली ब्यवहारका बारेमा निर्देशन दिएका छन्।
प्रहरी नायव महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका प्रहरी निकाय एवं संगठनलाई निर्देशन दिएका छन्।उनले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिँदै आम नागरिकको प्रहरीप्रतिको विश्वास बढ्दै गएको बताउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर थप जनमुखी भएर प्रहरी सेवा प्रदान गर्न प्रहरी अधिकारीलाई आग्रह गरे ।
यस्तै प्रहरी हिरासत, भौतिक संरचना लगायतको निरीक्षणका साथै डीआईजी सिंहले प्रहरी कर्मचारीलाई पालना गर्नुपर्ने आँचरण व्यवहार तथा सेवाग्राहीहरूसँगको बोली ब्यवहारका बारेमा निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशभित्र बढ्दै गएको लागुऔषध कारोवार, विक्रीवितरण र ओसारपसार नियन्त्रण गर्ने, सीमा नाकामा हुने अवैध तोरी, तस्करी, निकासी, पैठारीमा हुने अनियमिततालाई नियन्त्रण र नियमन गर्न सुरक्षा सतर्कता बढाउने योजना रहेको उनले सार्वजनिक गरेको कार्ययोजनामा उल्लेख छ।
त्यस्तै सिटी सेक्युरिटी म्यानजमन्ट, हाइवे सेक्युरिटी म्यानजमन्ट, बोर्डर सेक्युरिटी म्यानजमन्टलाई कडाइका साथ लागु गर्न मातहतका प्रहरी निकायलाई निर्देशन डिआइजीबाट निर्देशन भएको छ । यसका लागि कार्ययोजना बनाएर मातहत प्रहरी कार्यालयहरुले अहोरात्र प्रहरी परिचालन गरि कमाण्डरहरुले रोल मोडेलमा कार्य गर्नुपर्ने उनले निर्देशन दिएका हुन्। समुदाय–प्रहरी साँझेदारी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरेर समाजमा बढिरहेको आत्महत्या, लागुऔंषध सेवन, साईबर अपराध, सवारी दुर्घटना लगायतका सामाजिक विकृती न्युनिकरण गर्न विशेष योजनासहित अघि बढ्ने तयारी थालिएको छ।प्रहरी परिचालनको सिलसिलामा प्रहरी कर्मचारीहरुले स्वार्थ वा प्रलोभनमा नपरेर कुनै पनि गैर–व्यावसायिक क्रिलाकलापमा संलग्न नभई शुन्य सहनशिलतामा कार्य गर्न समेत डिआइजी सिंहले निर्देशन दिएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गरेका छन् । उनी प्रदेशको सुरक्षाका साथै प्रहरी कार्यालयको वस्तुस्थिती बुझ्न अहिले प्रदेशका ९ वटै जिल्लाका प्रहरी कार्यालयको निरीक्षण गरिरहेका छन्। प्रहरी नायव महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका प्रहरी निकाय एवं संगठनलाई निर्देशन दिएका छन्। साथै उनले आइतबार मात्रै नेपाल-भारत सिमा रहेको त्रिगर नाका कैलालीको निरिक्षण तथा डिउटीमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका थिए ।डीआईजी सिंहको निर्देशनपछि सोमबार मात्रै कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र पालको नेतृत्वमा सोमबार दिउँसो २ बजेदेखि ५ बजेसम्म त्रिनगर नाका क्षेत्रमा अनुगमन गरिएको छ। सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि, लागुऔषध ओसारपसार तथा विस्फोटक पदार्थको अवैध आयात जस्ता कुरालाई ध्यानमा राखेर तालिम प्राप्त कुकुरको प्रयोग गरेर जाँच गरिएको कैलाली एसपी पालले जानकारी दिए।
डिआईजी सिंहका यस्ता छन् १० बुँदे कार्ययोजना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालका डिआइजी सिंहले १० बुंदे कार्ययोजना सार्वजनिक गरेका छन्। सुदूरपश्चिम प्रदेशभित्र बढ्दै गएको लागुऔषध कारोवार, विक्रीवितरण र ओसारपसार नियन्त्रण गर्ने, सीमा नाकामा हुने अवैध तोरी, तस्करी, निकासी, पैठारीमा हुने अनियमिततालाई नियन्त्रण र नियमन गर्न सुरक्षा सतर्कता बढाउने योजना बनाइएको छ।त्यस्तै सिटी सेक्युरिटी म्यानजमन्ट, हाइवे सेक्युरिटी म्यानजमन्ट, बोर्डर सेक्युरिटी म्यानजमन्टलाई कडाइका साथ लागु गर्न मातहतका प्रहरी निकायलाई निर्देशन डिआइजीबाट निर्देशन भएको छ। यसका लागि कार्ययोजना बनाएर मातहत प्रहरी कार्यालयहरुले अहोरात्र प्रहरी परिचालन गरि कमाण्डरहरुले रोल मोडेलमा कार्य गर्नुपर्ने उनले निर्देशन दिएका हुन्।समुदाय–प्रहरी साँझेदारी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरेर समाजमा बढिरहेको आत्महत्या, लागुऔंषध सेवन, साईबर अपराध, सवारी दुर्घटना लगायतका सामाजिक विकृती न्युनिकरण गर्न विशेष योजनासहित अघि बढ्ने तयारी थालिएको छ।प्रहरी परिचालनको सिलसिलामा प्रहरी कर्मचारीहरुले स्वार्थ वा प्रलोभनमा नपरेर कुनै पनि गैर–व्यावसायिक क्रिलाकलापमा संलग्न नभई शुन्य सहनशिलतामा कार्य गर्न समेत डिआइजी सिंहले निर्देशन दिएका छन्।


