दार्चुला। दार्चुलाको गोकुलेश्वरस्थीत चमेलिया नदी किनारमा एक महिलाको शव फेला परेको छ। शनिबार ९आज अपराह्न ४ बजे दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा २६ वर्षीया एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।
Advertisement



इलाका प्रहरी कार्यालय गोकुलेश्वका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले शवको पहिचान हुन नसकेको बताए। उनले शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा उक्त महिलाको शव पानीमा डुबेको अवस्थामा फेला परेको बताए। प्रहरी निरीक्षक थापाले शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको जानकारी दिएका छन् । सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएका छन्।
Advertisement
