कैलाली। कैलालीको गोदावरीनगरपालीकाका नगरशिक्षक आन्दोलित भएका छन्। कैलालीको गोदावरी नगरपालिका भित्र कार्यरत नगर शिक्षकहरु आन्दोलित बन्दैनगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । कैलालीको गोदावरी नगरपालिकाले ४ महिनादेखि कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन।
समयमै तलब पाउनु पर्ने, तलब वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समितिको संयुक्त आयोजनामा उनीहरुले आज दिउँसो नगरपालिका अगाडि कालो व्यानरसहित नाराबाजी गर्दै चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् । नगर शिक्षक लगायत सहजकर्ता र विद्यालयका कर्मचारीहरुले कार्तिक देखि तलब नपाएको गुनासो छ। राष्ट्रिय माध्यमिक विद्यालय बल्मीका शिक्षक दशरथ ओझाले हरेक महिनामा पाउने तलब कात्तिक महिनादेखि भने नपाएको बताएका छन्।
यता नगरपालीकाले लेखा शाखा प्रमुख अनिवार्य अवकास भएकाले समस्या देखिएको समस्या भएको बताएको छ। विरोध सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगर कमिटीका अध्यक्ष नरेन्द्रराज शर्माले शिक्षाको गुणस्तर विग्रेको दोष शिक्षकलाई दिइएपनि राज्यले शिक्षकलाई अधिकारबाट बञ्चीत गरेको बताए। उनले गोदावरी नगर भित्रका शिक्षकहरुको समस्या नगरपालिकाले सुन्ने प्रयास नगरेको बताए । गोदावरीमा शिक्षाका समस्या रहेपनी नगरपालिकाले कुनै समस्या सामाधन गर्न पनि चाँसो नदेखाएको उनले बताए। हाम्रा कुरा सुन्न पनि नगरपालिकाले निषेध गरिएकोले बाध्य भएर सडकमा आउनुपरेको उनले बताए। उनले समयमै नगरपालिकाले मासिक रुपमा तलव खुवाउने व्यवस्था गर्नुपर्ने बताए । उनले४ महिना सम्म पनि तलब नपाएकोले अघिकारबाट समते बञ्चित गरेको भन्दै शिक्षक माथि यस्तो व्यवहार नगर्न उनले बताए।
साथै नगरपालिकामा २/२ महिना सम्म लेखापाल नहुनु हास्यापद र लापरवाहिको विषय भएको टिप्पणी समेत ब्यक्त गरे ।नगरपालिकाद्वारा राखिएका नगर शिक्षकलाई तलबमा विभेद गरेको भन्दै नगर शिक्षकहरुले पनि आन्दोलनमा रहेका छन। नगरपालिकाले अहिले निजी शिक्षकलाई प्राथमिक तहमा मासिक २० हजार, निमावि तहमा २२ हजार र मावि तहमा २५ हजार दिने गरेको छ। कक्षा १ देखि ७ सम्म स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भए पनि त्यो अहिलेसम्म नगरपालिकाले नबनाएको पनि उनी बताउँछन। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट भने नगरभित्रका विद्यालयहरुले मंसिरमा भर्नुपर्ने माग फारम नभरेका कारण समस्या आएको बताएका छन्। उनले लेखा शाखा प्रमुख अनिवार्य अवकास भएकाले समस्या देखिएकोले अब सोमबारदेखि सो समस्या समाधान हुने बताए।