धनगढी। कैलालीबाट खसी चोरी गरी फरार भएका प्युठानका एक जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरबाट खसी चोरी गरि लग्ने प्युठान मल्लरानी गाँउपालिका ४ का ४५बर्षीय नारायण पुनमगर पक्राउ परेका हुन्। उनले पुस २९ गते खसी चोरेर फरार भएका थिए।
Advertisement



कैलाली लम्कीचुहा नगरपालिका वडा नं ४ कौवापुरबाट खसी चोरी लगेको भन्ने निवेदन परेपछि लम्की कैलालीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी उनलाई खसी सहित पक्राउ गरेको जनाएको छ। लम्की प्रहरी कार्यालयमा ल्याएर उनीमाथी थप अनुसन्धान कार्य भईरहेको लम्की प्रहरीले जनाएको छ।
Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement
