धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले माघ ११ गते विश्वासको मत लिने भएका छन्। प्रदेशका मुख्यमन्त्रीमा नियुक्त रावलले ११ गते विश्वासको मत लिने भएका हुन।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। सो अनुसार मुख्यमन्त्री रावलले ११ गते नै मत लिने बताइएको छ।सुदूरपश्चिम प्रदेशमा मङ्गलवार सभामुख र उपसभामुख पनि चयन भइसकेका छन् । सभामुखमा नेकपा माओवादीका भीमबहादुर भण्डारी र उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन्।