धनगढी। कैलालीका एक जनाको भारतको महाराष्ट्रमा हत्या गरिएको छ। भारतको महाराष्ट्र स्थित आलिबागमा लम्कीचुहा नगरपालिका– ६ का १८ वर्षीय कमल बिकको हत्या भएकको खुलेको हो। २६ पुसमा उनको हत्या भएको थियो। बिकको उनकै साथीहरूले हत्या गरेको भन्दै आमा पार्वतीले न्यायको माग गरेकी छन्।
पार्वतीले कमलका ४ जना साथीविरुद्ध माघ १ गते महाराष्ट्र राईगढस्थित आलिबाग थानामा उजुरी दिएकी छन्। उनीहरु सबै होटलमा काम गर्दै आएका थिए। मृतककी आमा पार्वतीका अनुसार पुस २६ गते विभत्स तरिकाले आफ्नो छोराको हत्या गरिएको हो ।लम्कीचुहाको बावनपुरमा घरभई महाराष्ट्रको आलिबागमा बस्ने सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीले आफ्ना छोराको हत्या गरेको आरोप आमा पार्वतीले बताइन। कमलको हत्यामा संलग्नका नाममा किटानी जाहेरी सहित माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा उजुरी दिएको आमा पार्वतीले बताइन।
हत्यामा संलग्नताको आरोप लागेका टोपु विक र मनोज विक दुई जना सहोदर दाजुभाई हुन। छोराको हत्या भएको खबर सुनेपछि कैलालीबाट महाराष्ट्र पुगेकी मृतककी आमा पार्वतीले प्रहरीमा जाहेरी दिएकी हुन।छोरासंगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौं मृतकका आमा पार्वतीले भनिन ।केही समयपछि सामाजिक संजालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रष्ट रुपमा हत्या गरेको देखिन्छ । नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको पार्वतीले भनिन ।न्यायको लागि भारतमा सजिलो अवस्था नेपालीका लागि रहेन उनले भनिन्। दोषीलाई पक्राउ गरेर कारबाही गर्न र पीडित म एकल महिला र मेरो छोराको न्यायको लागि सहयोग गरिदिन भारतमा रहेका नेपाली दाजुभाई, संघसंगठन, भारत सरकार र नेपाल सरकारसंग अनुरोध गर्दछु उनले भनिन्।