कञ्चनपुर। कञ्चनपुरमा भारतबाट अबैध भित्रिएका भारतीय ब्रोइलर कुखुरा सशस्त्र प्रहरीद्धारा नष्ट गरिएको छ। कञ्चनपुरस्थीत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)ले बेलौरी नगरपालिका वडा नम्बर १० भुडाबाट बोइलर कुखुरा बरामद गरेको जनाएको छ। आज शनिबार बिहान वरिष्ठ हवल्दार सुरेश धामीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले सीमा क्षेत्रबाट ७० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको हो।
सशस्त्र प्रहरी टोलीले कुखुरासँगै से १ प ४८८९ नम्बरको मोटरसाईकल पनि बरामद गरेको छ।बरामद गरिएका १५ हजार मुल्यका ७० केजी बोइलर कुखुरा पशु क्वारेन्टाइन बेलौरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएका प्रहरीले जनाएको छ । यता नेपाली कुखुरापालक व्यवसायी भारतबाट कुखुरा तथा चल्ला भित्रिन थालेपछि मारमा पर्ने गरेका छन्। कञ्चनपुरसँग जोडिएको भारतीय सीमावर्ती बजारबाट खुलेआम चोरी तस्करी तथा प्रतिबन्धित कुखुरा तथा चल्ला भित्रिन थालेपछि कञ्चनपुरका संयुक्त प्रहरी टोलीले निगरानी बढाएको बताएको छ।