धनगढी। लायन्स क्लब अफ धनगढी पुष्पाञ्जली र लायन्स क्लब अफ धनगढी इनोभेटिभद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। लायन्स ईन्टरनेशनल क्लबका संस्थापक मेल्भिन जोनको १ सय ४४ औँ जन्मोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
आज बिहान धनगढी उपमहानगरपालीका ८ स्थीत वडा कार्यालयमा रक्तदान कार्यक्रम भएको आयोजकहरुले बताएका छन्। बिहान ८ बजे देखी १२ बजेसम्म भएको रक्तदान कार्यक्रममा एक दर्जन जती ब्यक्तीले रक्तदान गरेका थिए। मेल्भिन जोनको जन्मोत्सवको अवसरमा रक्तदाताले रक्तदान गरेपछि केही मात्रामा भएपनी रगतको आपुर्ती सहज हुने बताएका छन्। उनीहरुले मेल्भिन जोनको जन्मोत्सवको अवसरमा बिभिन्न सामाजिक तथा रचनात्मक कृयाकलाप हप्ताभरी नै गरिरहेको बताएका छन्। रक्तदातालाई सम्मानका साथै प्रमाणपत्र समेत बितरण गरिएको सिता भट्टराईले जानकारी दिएकी छिन्।