कैलाली। कैलालीको गोदावरी नगरपालिकाका नगर शिक्षकहरु तलब नपाएको भन्दै आन्दोलित भएका छन्। उनीहरुले बिगत ३ महिना देखि तलब नपाएको भन्दै पत्रकार सम्मेलन आन्दोलित बन्न पुगेको बताएका हुन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगरसमितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर नगरपालिकाले आफ्ना मागको सुनवाई नगरेपछि बाध्य भएर पत्रकार सम्मेलन गरेर तलब माग्न दवाब दिनुपरेको बताएका छन् ।समितिका अध्यक्ष नरेन्द्रराज शर्माले पटक–पटक तलब नपाएको बिषय नगरप्रमुखलाई राख्न खोज्दा भेट्न समेत नपाएको बताए। तलब नपाएको गुनासो गर्दा नगरप्रमुखले कुरा नै नसुन्ने गरको बताए।
भेट्न नचाहाने र त्यसपछि हामीले खुला पत्र लेखेपनि हाम्रो सुनुवाई नभएको उनले गुनासो गरे। तब समयमा तलब हालिदिन र सो मागको सुनुवाईका लागी पत्रकार सम्मेलन गरिएको बताए । उनले आफूहरुले यसअघि षौस २५ देखि आन्दोलन गर्ने घोषणा गरेपनि विद्यालयहरुमा परिक्षा संचालन भइरहेकाले उक्त कार्यक्रम स्थगित गरिएको बताएका छन्। परीक्षा जस्तो संवेदनशिल समयमा हामीले विद्यालय छोडेर आन्दोलन गर्ने कुरा व्यवहारीक नलागेकाले हामीले २९ गते सम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको उनले बताए। नगरशिक्षकको तलव एकदमै न्यून भएकाले त्यसमा पनि वृद्धि हुनुपर्ने माग समेत राखे । उनले नगर शिक्षक र संघिय शिक्षक बीच तलबमा विभेद भएको बताए । उनले राहत शिक्षकलाई पनि नगरपालिकाबाट राहत दिइनुपर्ने बताए । १३८ जना राहत शिक्षक रहेका छन । राहत शिक्षक विदा हुँदा रित्तो हात जानुपर्ने अवस्था छ’ यसमा नगरपालिकाले विदा प्रमाणित गरेर थोरै भएपनि कल्याणकारी कोष बनाउन आवश्यक छ’उनले भनेका छन् ।