कैलाली। जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम बहादुर कलेलको अन्तिम दाहसंस्कार गरिएको छ। नेपाली कांग्रेस कैलालीका नेता एंवम जिल्ला समन्वय समिति कैलालीका संयोजक कलेलको निवास गौरीगंगा ८ लिक्मामा अन्तिम दाहसंस्कार गरिएको हो।
गौरीगंगा-८ लिक्मामा नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले पार्टीको झण्डा र सुदूरपश्चिम प्रदेशका मुख्य मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाई गरेका हुन। दाहसंस्कारमा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रदेश सभा सदस्यहरु,स्थानीय तहका प्रमुखहरु,नेपाली कांग्रेस लगायत राजनीति दलका नेता,कार्यकर्ताहरु लगायत सर्वसाधारणको व्यापक सहभागीता रहेको थियो।
यस्तै जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधनको शोकमा नेपाली कांग्रेस कैलालीले आइतबार एक दिन पार्टीको झण्डा आधा झुकाएको छ। नेपाली कांग्रेस कैलाली पार्टी कार्यालयमा माल्यार्पणकालागि कलेलको फोटोसमेत राखिएको छ। कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मा निवासी कलेलको शनिबार उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो। कलेजो र दुईटै मृगौला काम गर्न छोडेको कारण कलेलको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन्। दुई साता अघि उपचारकालागि काठमाण्डौं गएका थिए।