धनगढी। धनगढी ३ बोराडाँडीमा रहेको श्री केदार कृर्षी सहकारी संस्था लिमिटेडको ९ औँ बार्षिक साधारण सभा मनाइएको छ। सो सहकारीको बार्षिक साधारण सभाको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य रमेश धामी रहेका थिए। एक कार्यक्रमका बिच साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य धामीले केदार कृर्षी सहकारी यहाँसम्म आइपुग्नु सहकारीमा आबद्ध सम्पुर्ण सेयरसदस्य, ग्राहक बर्ग कर्मचारी लगायत सबैको हात रहेको बताए।
बिगत स्थापनाकाल देखी केदार कृर्षी सहकारीले बिभिन्न महत्वपुर्ण कार्यभार सम्हालेर बिभिन्न ठाउँमा गरिब असाहय ब्यक्तीलाई आयआर्जन जोड्ने, सहकारीको कर्तब्य अनुरुप सानो पुजीँलाई संकलन गर्दै आफ्ना गाउँठाउँका समस्या समाधानको कार्यमा लागेको थाहा पाएको बताए। यसरी सहकारीले सेयर सदस्यको मन जित्दै सत्कार्य र सत्कर्ममा लागीरहन सुबेच्छा प्रकट गर्दै आर्थिक र सामाजिक बिकास हुने भन्दै खुसी ब्यक्त गरे। संस्थाको बिकास हुनमा सेयर देखी संस्थामा कार्यरत कर्मचारीको महत्वपुर्ण जिम्मेबारी हुने उनले बताए।यस्तै सुदुरपश्चिम प्रदेश सभा सदस्य धामीले धेरै प्रकारका सहकारीमा सहकारी भित्र पनी बिभिन्न बिकृती रहेको मौलाउँदै गएकोले सेयर सदस्य सचेत बन्न पनी आग्रह गरेका छन्। उनले सहकारी कतीपय सहकारीले पैसा जम्मा गर्ने र पैसा खाएर भाग्ने भन्ने समाचारहरु आउने गरेकोले प्रत्येक सेयर सदस्यले आफ्नो जम्मा गरेको रकम जम्मा भयो, भएन भनेर यकिन गर्न अनुरोध समेत गरे। यस्मा सेयर सदस्य देखी सबैको जिम्मेबारी हुने बताए। साथै प्रदेश सभा सदस्य धामीले आफु अहिले सरकार सभा सदस्यको हैसियतमा रहेकाले भोली आफु तथा प्रदेश सरकारबाट हुने सहयोग गर्न तयार रहेको उनको भनाई छ। उनले सेयर सदस्यभित्रका इमानदार गरिब र जस्ले काम गर्ने इच्छा चाहाना राखेकालाई सहकारीले भरपुर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। कार्यक्रममा विशिस्ट अतिथि प्रदेश सभा सदस्य डम्मरी महरा (रक्षा) रहेकी थिइन्, अतिथिमा सेती प्रादेशिक अस्पतालका अध्यक्ष निर्मल शाह, यस्तै माओवादी केन्द्र धनगढीनगर सचिब रमेश प्रसाद भट्टराई रहेका थिए।यस्तै सभापतिमा नन्दु सिंह ऐरि रहेका थिए। उनले कार्यक्रममा उपस्थीती जनाउन सबैमा धन्यवाद ब्यक्त गरेका थिए। सहकारीमा २६५ जना महिला र ३५९ पुरुष गरी ६ सय २७ सेयर सदस्य रहेका छन्। ९ जनाको संचालक समितीमा नन्दु सिंह ऐरी अध्यक्ष, सरिता खडायत उपाध्यक्ष,हरि सिंह जोशी लेखासमिती संयोजक, नारायण पन्थीसचिबलगायत कोषाध्यक्ष, सहसचिब, ब्यवस्थापक तथा सदस्य रहेका छन्। आर्थिक बर्ष २०७८/०७९ सम्मको संक्षिप्त बितिय विवरण पुँजी र दायीत्व तर्फ जम्मा सेयर रु १२,९२,७००/०० बचत निक्षेपमा ६६,७३,३७०/६५ रहेको छ । यस्तै जगेडा तथा अन्य कोष रु २०,५६,४३१/९० र चालु दायत्वमा रु ८०,९६२/१९ गरि जम्मा १,०१,०३,४६४/७४ रहेको छ।