धनगढी। सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको बैठक सुरु भएको छ। बिहान माओवादी प्रदेश कमिटीको बैठक सकेर अहिले संसदीय दलको कार्यालयमा दलको नेता छनोट गर्न बैठक सुरु भएको हो । बिहानको बैठकमा माओवादी प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरू उपस्थित थिए ।
सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने म्यान्डेट प्रदेश समितिले दिएको थियो। अहिले सर्वसम्मत रुपमा दलको नेता छनोट गर्न बैठक जारी छ । तर, सर्वसम्मतको सम्भावना कम रहेको माओवादी नेताहरूको बुझाइ छ ।यहाँ माओवादी स्थायी कमिटी खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाट आकाङ्क्षी छन्। सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११ र नेकपा एमालेका १० जना प्रदेशसभा सदस्य छन् ।