धनगढी। कैलाली गौरीगंगामा भएको हाइस दुर्घटनाका मृतक र घाइते १८ जनाको पहिचान खुलेको छ । कैलालीको गौरीगंगा ६ बनवेहडामा सुदुरपश्चिम प्रदेशको ०२००१ ज ४०६ नम्बरको हाईस दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान विहान १०ः २० बजे महेन्द्रनगरबाट टिकापुरजाँदै गरेको उक्त हाईस आफै अनियन्त्रि भई सडकको नालिमा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालीका १ की ७३ बर्षिया कर्मा प्याकुरेल रहेकी छिन्। उनको धनगढीस्थीत माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै घाइते १८ जनाको पहिचान खुलेको छ। घाइते भएर पदमा अस्पताल अत्तरियामा भर्ना गरिएका २५ वर्षीय गजेन्द्र प्याकुरेलको कम्मर र मुखमा चोट लागेको छ। उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
यस्तै अन्य घाईते हुनेमा बेदकोट १० का २९ बर्षिय मुकेश राना, भिमदत्त ३ का ३१ बर्षिय रुद्र गुरुङ, जानकी ४ का ३७ बर्षीय रामबिलास रावत, उनकै ३२ वर्षीया श्रीमती अञ्जली रावत,कैलालीको भजनी नगरपालिका–२ का ३४ वर्षीय मोहन डगौरा उनकी श्रीमती ३३ वर्षीया जानकी डगौरा, उनका छोरा ६र७ वर्षीय आदित्य डगौरा समेत घाइते छन्। टिकापुर नगरपालिका–१ की कृष्णा चौधरी, उनको छोरा प्रिन्स चौधरी, सोही ठाउँकी पुजा चौधरी रहेका छन् । बर्दिया घर बताउने ४० वर्षीय प्रकाश खडायत, बर्दियाकै ४६ वर्षीय लालबहादुर गाहामगर,बर्दियाकी ४० वर्षीया मनुकुमारी चौलागाई, बर्दिया गेरुवा ५ बस्ने राम खडायत, को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। जानकी गाउँपालिका–४ का मन कठरीया, जानकी गाउँपालिका–६ की ३५ वर्षीया अन्जली चौधरी रहेका छन्।
कैलालीको गौरिगंगा ६ बनवेहडामा हाईस दुर्घटना: १ को मृत्यु, १८ जना घाइते