धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले आज सपथ लिएका हुन् । प्रदेशसभाका ज्येष्ठ सदस्य मान बहादूर रावलले सपथ खुवाएका हुन् । कुल ५३ सदस्यीय प्रदेशसभामा ६ जनाले थारु भाषामा सपथ लिएका छन्, भने अन्यले नेपाली भाषामा सपथ लिएका हुन् । सपथ ग्रहण पश्चात प्रदेशसभा सदस्यहरुले ५ बर्षमा जनताले अनुभुती गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले आज दिउँसो ज्येष्ठ सदस्य मान बहादूर रावललाई पद तथा गोपनियताको सपथ लिए पश्चात रावलले अन्य प्रदेशसभाका सदस्यहरुलाई सपथ खुवाएका हुन् । प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा ६ जनाले थारु भाषामा सपथ लिएका छन्, भने अन्य सबैले नेपाली भाषामा सपथ लिएका हुन् ।
दिउँसो साढे १ बजे सपथ खाएका प्रदेशसभा सदस्यहरु मध्ये अधिकाशं नयाँ अनुहार छन् । ५३ सदस्यीय प्रदेशसभामा ४ जना बाहेक सबै नयाँ अनुहार छन् । २०७४ मा निर्वाचित सदस्यहरुमध्ये ४ जना मात्रै दोहोरिएका छन् । नयाँ अनुहार र युवाको संख्या यस पटकको प्रदेशसभामा बढी छ । प्रदेशसभा सदस्यको सपथ ग्रहण गरेका उनिहरुले यस प्रदेशका जनताको हितका लागी काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभामा जनताको हित हुने किसिमका कानुन निर्माण गर्ने प्रतिबद्धता गरेका नव निर्वाचित प्रदेशसभा सदस्यहरुले यो कार्यकालमा केही फरक अनुभुती हुने बताए ।
संघियताको पहिलो बर्षमा प्रदेश सरकारबाट खाशै काम नभएको गुनासो बढिरहेका बेला जनताले आश गर्ने गरी काम गर्ने नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको प्रतिबद्धता छ । जनताहरु माँझ गरेका बाचा पुरा गर्ने तर्फ केन्द्रित हुने र बिषेशगरी जनताका हितमा कानुन निर्माण गर्ने प्रदेशसभा सदस्यहरुले प्रतिबद्धता गरेका छन् ।
सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्म कार्यवाहक सभामुख भएर बैठकको अध्यक्षता तथा सञ्चालन ज्येष्ठ सदस्य रावलले नै गर्नेछन् । प्रदेशसभाको पहिलो बैठक यही पुस १८ गतेका लागी बोलाइएको छ । प्रदेशमा १९ सदस्य सहित काग्रेंस पहिलो ११ सहित माओवादी दोश्रो, १० सहित एमाले तेश्रो, ७ सदस्य सहित नागरिक उन्मुक्ती चौथो दल बनेका छन्, भने राप्रपा र स्वतन्त्र १÷१ सांसद छन् ।