कैलाली। कैलालीको टीकापुरमा लागुऔषध खैरोहिरोइनसहित एक जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका–८ मा रहेको प्रहरी चौकी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल आउँदै गरेको अवस्थामा एक जना पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २५ वर्षीय रेनिस डाँगीलाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो। सु.प.प्र.०१००९ प ३५२९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका डाँगीको साथबाट ८ ग्राम ९१० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।