बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री बन्न लागेका छन् । एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारी बैतडीबाट तेश्रो पटक निर्वाचित भएका हुन् ।
उनको मन्त्रालयको टुङ्गो भने लागेको छैन । उनी शपथ ग्रहण गर्ने ।राष्ट्रपति कार्यालय जाँदै छन् । भण्डारीसँगै प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बन्दै छन्
एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने उपप्रधानमन्त्री निश्चित भइसकेको छ ।
यी सबै मन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिनेछन् ।