नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् ।
प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका हुन् । शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले जानकारी दिएको छ ।