कैलाली । कैलालीको धाईया सलानी सामुदायिक बनको अध्यक्षमा भिम जैगडी सर्वसम्मत चयन भएका छन् । शनिवार गोदावरी नगरपालिका १० मा बसेको सामुदायिक बनको निर्वाचन कमिटी को बैठक बाट जैगडी सहित ११ सदस्य कमिटी सर्वसम्मत चयन भएका हुन्।
कमिटीेको उपाध्यक्षमा चक्रबहादूर खड्का ,सचिवमा भिम बहादूर तामाङ्ग, कोषाध्यक्षमा जानकी चौधरी ,सहसचिवमा वासुदेव भट्ट, सदस्यमा कुवेर सोव ,सुरेश स्वार,रामेश्वरी पनेरु भट्ट ,शान्ति चौधरी ,बंशिराम चौधरी र समिर्ला बिक चयन भएका हुन् । यस्तै बैठकले सल्लाहकार समिति को संयोजकको जिम्मेवारी झंकर कोलीलाई दिएकोे छ भने सल्लाहकार सदस्यमा इन्द्र बहादूर बोहरा, देव बहादूर बिक, धा बहादुर बिकलाई चयन गरेको छ ।