कैलाली। सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको नेता को बन्ला भन्ने बारेमा चर्चा सुरु भएको छ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेता छान्ने तयारी गरिरहेका बेला संसदीय दलको नेता को बन्ला भन्ने बारेमा चर्चा सुरु भएको हो । एमाले संसदीय दलको नेतामा धर्मराज पाठक र राजेन्द्र रावल दलको नेता बन्ने चर्चा सुरु भएको हो।
पाठक एमाले प्रदेश सचिव हुन् भने रावल एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हुन्। दुबै जना समानुपातिक मार्फत प्रदेश सभा सदस्य हुन् । यस पटक रावल र पाठक मध्येबाट एक जना संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको एमाले नेताहरूको दाबी छ ।सुदूरपश्चिम प्रदेशमा एमालेका प्रत्यक्ष तर्फका ३ जना र समानुपातिक तर्फबाट ७ जना गरी १० जना प्रदेश सभा सदस्य छन् ।
देश सभा सदस्यहरूको लागि १५ गते पद तथा गोपनीयताको शपथ ग्रहणको तयारी भइरहेको छ। त्यो भन्दा अघि नै दलको नेता छनोट गरिने प्रदेश सचिव पाठकले जानकारी दिए। उनका अनुसार आज भोलिमै प्रदेश समितिले यस विषयमा छलफल अघि बढाउने छ र संसदीय दल भित्रै नेता छनोट गरिने छ। आज भोलि नै यस विषयमा छलफल अघि बढाउनले बताउँदै शपथ ग्रहण भन्दा पहिले नै नेता छनोट गर्ने तयारी रहेको उनले बताएका छन्। यस्तै एमाले संसदीय दलको नेताका लागी केन्द्रीय सदस्य सन्तोष शर्मा थापा पनि प्रदेश सभा सदस्य रहेकी छिन्। उनको चर्चा भने त्यति भएको छैन् । शर्मालाई यस अघि राष्ट्रिय सभा सदस्यमा पनि पार्टीले अघि सारेको थियो। सिनियारिटीले रावल, शर्मा र पाठक भए पनि यस पटक रावल र पाठक मध्ये एक संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको एमाले नेताहरूले दाबी गरेका छन् ।