धनगढी। कैलालीमा बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित एक जना पक्राउ परेका छन। भारतबाट नेपाल ल्याउँदै गरेको बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ गन्धक र सुरासहित एक जना पक्राउ परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा कैलारी गाउँपालिका ४ के गाँउ का ४७ बर्षीय सोमनारायण गामु डगौरा रहेका छन् । मोटरसाइकलमा राखेर बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ ल्याउँदै थिए । भारतबाट रा २ प ४२८७ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा डगौराको साथबाट २३ किलोग्राम गन्धक र ५ किलोग्राम सुरा बरामद गरिएको उनले बताए । डगौरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।