कैलाली। कैलालीमा बुधबार बिहान भएको दुर्घटना पछि अवरुद्ध सडक सुचारु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका- ७ हरैयामा आज बिहान टिप्परले अटोलाई ठक्कर दिदाँ ३ बर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको थियो । घाइते बालकको उपचारका क्रमका सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
बालक मृत्युपछि पूर्व–पश्चिम राजमार्ग अन्तरगत हरैया चोक क्षेत्रमा स्थानीय र आफन्तले सडक अवरोध गरेका थिए। अवरुद्ध भएको सडक दिउँसो देखि सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तिरयाले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्टले पीडिप पक्षलाई क्षतिपुर्ती दिने, घाइतेको उपचार गर्ने र दुर्घटनामा परेको अटो बनाउने सहमती पछिट सडक सुचारु भएको बताए।
यसअघि प्रहरीले बल प्रयोग गरेर सडक अवरुद्ध हटाउन खोज्दा प्रहरी र आन्दोलिन स्थानीय बीच झडप समेत भएको थियो। झडपमा ३९ राउण्ड अश्रुग्यास प्रहार भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। सु.प.प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई टिप्परले ठक्कर दिदा अटोमा सवार गोदावरी नगरपालिका- ७ हरैया बस्ने बर्ष २९ कि पेन्टि ठकुल्ला र उनका छोरा भरत घाइते भएका थिए। घाइते बालकको उपचारका क्रमका सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते पेन्टि ठकुल्लाको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्पर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।