कैलाली। कैलालीमा आइतबार साँझ प्रहरीकै अगाडि अतरियामा व्यवसायीमाथि गोली प्रहारगरी लुटपाट भएको घटना सेलाउन नपाउँदै पुन धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चलेको छ। वडा नम्बर ९ शिवरामनगर टोलमा आज विहान २ः४५ मा गोली चलेको हो। स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको थिए।
गोली प्रहार बाट विष्ट समान्य घाईते भएका छन्। जिल्लामा दिन प्रतिदिन अपराधिक घटना बढ्दै गएपनि सुरक्षा निकाय त्यसमा चुक्दै गएको आरोप स्थानीयले लगाएका छन्। भारतिय सिमा नजिकै यस्ता घटना सधै भएपनि त्यसमा कसैको ध्यान जान सकेको छैन् । गोली लागेरसामान्य घाइते भएका विष्टले घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेपछि प्रतिकार गर्ने खोज्दा गोली हानेको बताएका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको घाइते विष्टले बताए।
धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा दैनिक जसो चोरीका घटना हुदै आएपनि त्यसमा कसैको ध्यान जान नसकेको वडा नम्बर ९ स्थानीय मदन धानुकले बताए । जसले गर्दा नागरिक त्रसित बनेको उनको भनाई छ । स्थानियहरुले बारम्बार प्रहरीको गस्ती बढाउन र गाउँमै प्रहरी विट राख्न माग गरेपनि त्यो सुनुवाई नभएको गुनासो वडा नम्बर ९ कै मान बहादुर बोगटीले बताए । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा शसस्त्र प्रहरीको विओपी भएपनि त्यसले तस्करको सुरक्षामा ध्यान दिएपनि नागरिकको जिउधनको सुरक्षा नगरेको स्थानीयको आरोप छ । त्यसै गरी जिल्लाको सुरक्षाको कमाण्ड समाहल्ने जिम्मा पाएको जिल्ला प्रहरी कार्यालय घटनास्थल बाट ७ देखि १० किलोमिटरको दुरीमा भएपनि प्रहरीको गस्ती गाउँमा केहिले नआएको धनगढी ९का नवराज भट्टले बताए।
यता जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा भएको घटना लाई सामान्य रुपमा लिएको छ । कैलाली प्रहरीसँग बुझ्दा चोरहरू र स्थानीयबीच हिजो हातपाई भएको प्रहरीको दावी छ । चोरहरुले स्थानीय लाई डराउँने हिसावले हवाई फायर गरेको जनाएको छ यधपी घटना स्थलमा गोलीका खोलहरु भेटिएको प्रहरीले दावी गरेको छ । जिल्लामा दैनिक रुपमा भईरहेका यस्ता घटनामा प्रहरी तर्फ सजक भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले बताए। उनले धनगढी ९ बङ्ग्रा कटानस्थीत प्रजापती बिष्टको घरमा ब्याट्री चोर्ने किसीमले आएका ४ जनाको चोरहरुको समुह राती ३ बजेको समयमा बाहिर चोर आएको भन्दै हातले प्रतिकार गर्दा बिष्टको ढाडमा चोटपटक लागेको बताए । बिष्ट र उनका छोराले चोरहरुसँग प्रतिकार गर्न नसक्दा चोरहरुले ४ वटा ब्याट्री चोरेर लगेको बताए। डिएसपी जोशीले बिहान ८ बजे मात्रै प्रहरीलाई घटनाको बारेमा जानकारी भएको बताउँदै अनुसन्धानको क्रममा प्रहरीले प्रहरीले गोलीका खोकाहरु भटीएको बताए । उनले तर्साउने तरीकाले २ राउण्ड गोली प्रहार भएको बताए । उनले सिमापारी बस्ने चोरहरुको समुहले बिष्टलाई धम्की दिदै आएको पनी बताएका छन् ।हिजो रातीको घटना भएको स्थान भन्दा करिब एक किलोमिटर नजिकै धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित् अस्थायी प्रहरी पोष्टका इञ्चार्ज, प्रहरी सहायक निरीक्षक (असई) लाई दुई बर्ष पहिले तस्करहरुले गोली हानी हत्या गरेका थिए । मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेपछि त्यो क्षेत्र अहिले सम्म त्रसित छ । सरकारले तत्काल त्यस क्षेत्रमा थप जनशक्ती थप्ने बताएपनि अहिले सम्म केहि गरेको छैन् ।