कैलाली। कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन। गोदावरी नगरपालिका–१, धनगढी रोडमा मनिसा पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका–९ का २७ वर्षीय वीरेन्द्र मल्लको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मल्लको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा सोही मोटरसाइकलमा सवार २६ वर्षीय जीवन देउवा घाइते भएका छन् । उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।गए राति करिब पौने ९ बजे मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००९ प १३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।