कैलाली। सुदूरपश्चिम प्रदेश सभाका ५२ जना सांसदलाई मानबहादुर रावलले शपथ खुवाउने भएका छन् । प्रदेश सभाका ५३ जना प्रदेश सभा सदस्यमध्ये सुदूरपश्चिमका ५२ जना प्रदेश सभा सदस्यहरूलाई मानबहादुर रावलले पद तथा गोपनीयताको शपथग्रहण गराउने भएका हुन्। यद्धपी शपथग्रहणको मिति भने तय भइसकेको छैन। प्रदेश प्रमुख देवराज जोशीले आजबाट यस विषयमा छलफल चलाउने छन्।
केही दिन भित्रै प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा अछाम क्षेत्र–२ (२) बाट निर्वाचित रावललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने र त्यसपछि रावलले अन्य सदस्यलाई शपथग्रहण गराउने तयारी भइसकेको छ । निर्वाचन अयोगले शनिवार प्रदेश प्रमुख जोशीलाई पेस गरेको निर्वाचनको अन्तिम प्रतिवेदन अनुसार नै रावलले अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउने पक्का भइसकेको हो। प्रदेश सभाका काङ्ग्रेसबाट निर्वाचित रावल ६८ वर्षका हुन्। यस अघि पनि काङ्ग्रेसकी दिव्यश्वरी शाह ज्येष्ठ सदस्य थिइन् ।नेपाल प्रेसबाट