धनगढी । कैलालीको धनगढीमा अटोरिक्सा संग मोटरसाइकल ठोक्किदा १ जना घाइते भएका छन। कैलालीको मोहना– अत्तरिया ६ लेन सडक अन्तरगत मोहनपुरमा अटोरिक्सा संग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा धनगढी ५ जाँइका (मोटरसाइकल चालक) मीन बहादुर बोहरा घाइते भएका हुन।
धनगढीबाट अत्तरिया तर्फ गइरहेको सुपप्र ०१ ०१० प ६६२८ नम्बरको मोटरसाइकल बाटो क्रस गरिरहेको सुपप्र ०१ ००१ ह ५०९६ नम्बरको अटोरिक्सा संग ठोक्किएको हो । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


