धनगढी। विपद्को समयमा ब्यवसाय निरन्तरता योजना तर्जुमा कार्याशाला गोष्ठी (BCP) धनगढीमा भएको छ। आन्तरिक मामिला मन्त्रालयको आयोजना र धनगढी उपमहानगरपालिका,युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ,यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सो कार्यक्रम भएको हो।
कार्यक्रममा सरोकारबालाहरुले बिपदको बेला पनी नियमित कार्यालयका कामकाज तथा सेवाहरुलाई के कसरी निरन्तरता दिन सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए । ठुलो विपतका बेला पनी कार्यालयहरुबाट प्रदान गरिने सेवालाई निरन्तरता दिई सेवालाई सहजता के कसरी बनाउने भन्ने बारेमा योजना बनाउनका लागी सुझाब दिएका थिए। नियमित कार्य सञ्चालनका लागी जोखीम ब्यवस्थापन, आकस्मीक ब्यवस्थापन, आइटी विपद् पुर्नलाभ, सुविधा ब्यवस्थापन, आपुर्ती श्रृंखला व्यवस्थापन तथा स्वास्थ्य र सुरक्षालाई ब्यवस्थापन गर्नुपर्ने सहभागीको जोड छ।
यस्तै वातावरण ब्यवस्थापन, संकट ब्यवस्थापन, ज्ञान ब्यवस्थापन, मानव श्रोत, सुरक्षा र जनसम्पर्क र संचार ब्यवस्थापनमा पनी जोड दिनुपर्ने बताइएको छ। कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद सम्पर्क ब्यक्ती लक्ष्मी प्रसाद जोशीले बिपदको समयमा त्यो सेवा प्रदानलाई नियमित सुचारु गर्न त्यसको योजना र प्लान बनाइरहेको बताए। सबै मन्त्रालयहरुले आ आफ्नो तरीकाले काम गरिरहेको बताए। निजी कार्यालयमा र सरकारी कार्यालयमा आ आफ्नो तरिकाले विपतको समयमा सेवा प्रवाहलाई निरन्तरता दिनकालागि ब्यवस्थापन गर्न थप योजना बनाइने उनको भनाई छ।विपद जलवायु परिवर्तन र वाताबरण क्षेत्रमा कार्यरत तथा प्राबिधिक दिनेश चन्द्र जोशीले प्रदेश विपद ऐन र विपद ब्यवस्थापन कार्ययोजना रहेको र थप कार्य योजना बनाउने क्रममा रहेको बताए। यसबाट बिपदबाट हुन सक्ने क्षतीलाई कम गरी सेवा र सुबिधामा सहजता प्रदान हुने बिश्वास ब्यक्त गरे। यस्तै सहभागिहरुले विपदका बेला आवस्यक सुचना सबै मन्त्रालयबाट आदानप्रदान र सहकार्य गरी कार्यालय संचालनका लागी टेवा पुग्ने बताए। उनीहरुले अब ल्याउने योजनाहरु छोटो र कार्यान्वयन गर्न मिल्ने खालको ल्याउन सुझाब दिइएको सुचना ब्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए। कार्यक्रमको अध्यक्षतामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कमलराज ढकाल रहेका थिए। कार्यक्रमको उदेश्यमाथी उपसचिब बिश्वदिप बेश्राले गरेका थिए। कार्यक्रम सञ्चालन प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका गौरीलाल बुढाथोकीले गरेका थिए। कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सबै मन्त्रालयका विपत सम्पर्क ब्यक्तीलगायत ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो। सबै मन्त्रालयका कर्मचारी, सुपर परियोजना, नेपाल रेडक्रस, उद्योग बाणिज्य संघ, प्रदेश पत्रकार महासंघ, सुरक्षाकर्मी लगायतको पनी उपस्थीती रहेको थियो ।