दार्चुला। दार्चुलामा विप्लव नेतृत्वको नेकपाले सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गरेको छ। भारतले सीमामा बलमिच्याइँ गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा विरोध प्रदर्शन गरेको हो।
विरोध प्रदर्शनको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दार्चुला इन्चार्ज भरतमोहन चन्द तथा सचिव लोकेश नेपालीलगायतकाले विरोध प्रदर्शन गरिरहेका हुन। नेकपा कार्यकर्ताहरूले जिल्ला सदरमुकाम खलंगामा भारतविरोधी नारा लगाएर प्रदर्शन गरेका छन्। जिल्लाका विभिन्न स्थानबाट आएका सयौँ कार्यकर्ता भारतविरोधी नारा लगाउँदै निर्माणाधीन तटबन्धनको वारि पुगेर प्रदर्शन गरेका थिए ।
भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विरोध र ७ जना नेपालीमाथि लगाएको झुटा मुद्दा फिर्ताको माग गर्दै नेकपा प्रदर्शनमा उत्रिएको दार्चुला इन्चार्ज भरत मल्लले बताए ।विप्लव कार्यकर्ताहरुले खलंगामा प्रदर्शन जारी राख्दै उनीहरुले नेपालबाट भारततर्फ ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीलाई रोक्न हम्मे हम्मे भइरहेको छ । जिल्लाका विभिन्न स्थानबाट ओइरिएका सयौँ कार्यकर्ताहरु भारत विरोधी नारा लगाउदै निर्माणाधिन तटबन्धनको वारि पुगेका छन्।
नेपाललाई असर पुग्ने गरी निर्माण गरिएको तटबन्धको संरचना हटाउन भारतले सहमति जनाएपनि अझै कार्यान्वयन गरेको छैन । उल्टै नेपालीमाथि झुटा मुद्दा लगाएको भन्दै भारतको आलोचना बढेको छ। भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन। भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको माग राख्दै उनीहरुले नेपाली प्रशासन भारतसामु निरीह भएको बताउदै नाराबाजीसमेत गरेका छन।