कैलाली। कैलालीका एक जना साढे २ किलो चरेशसहित बनबासाबाट पक्राउ परेका छन्। कैलालीको घोडाघोडी १ का एक जना साढे २ किलो चरेशसहित बनबासामा पक्राउ परेको प्रहरीले जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रबाट कैलालीको घोडाघोडी नगरपालिका १ का ४१ वर्षीय गंगाधर गौतमलाई भारतीय प्रहरीले चरेशसहित पक्राउ गरेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त अभियान अन्तर्गत शारदा ब्यारेज नजिकबाट साढे दुई किलो चरेशसहित गौतम पक्राउ परेको प्रहरीले बताएको छ। प्रहरीले सो परिणामको चरेशसहित पक्राउ गरी उनलाई चम्पावतस्थित जेल चलान गरिएको छ। भारतीय प्रहरीले उत्तराखण्डमा लागूऔषधविरुद्ध अभियान सञ्चालनको क्रममा उनी समातिएका हुन्।