कञ्चनपुर। बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि कञ्चनपुरको अवस्था तनाबपुर्ण बनेको छ। आज शुक्रबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत ना ७ ख ६५२१ नम्बरको बसले साइकल चढेर क्याम्पस गइरहेका बेदकोट ६ का २१ वर्षीय कविराज बैजको मृत्यु भएको हो। महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विरोधमा आक्रोशित स्थानीयले टायर बालेर पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन्। आक्रोशित विद्यार्थीहरुले राजमार्गको सुडा क्षेत्रमा ढुंगा राखेर तथा टायर जलाएर विरोध प्रदर्शन सुरु गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएका छन्। दोषीलाई कार्वाही र पिडीतलाई न्याय र क्षतीपुर्तीको माग गर्दै बिद्यार्थी र मृतकका आफन्त सडक अबरुद्ध गराउँदा सवारीसाधन चल्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको उनले बताए । बस चालकबस बैतडी सुनर्या गाउँपालिका–२ का सन्तोष ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै आएका थिए। शुक्रबार घर सिसैयाबाट साइकलमार्फत कलेज तर्फ गइरहेका थिए। प्रहरीले बन्द राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाइएको छ।भिडियोसहित हेर्नुहोस तल भिडियोसहित
https://www.facebook.com/supamedia01/videos/6081716248525655