काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायतको रिहाइ माग गर्दै मौन धर्ना कार्यक्रम गर्ने भएको छ। थरुहट राजबन्दीको रिहाइका निमित्त पार्टीले शुक्रबार धर्ना दिने भएको हो। दिउँसो माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
कांग्रेस सभापतिशेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले विवादित अध्यादेशमार्फत रेशमलाई रिहा गराएर नागरिक उन्मुक्ति पार्टीलाई सत्तामा ल्याउने कोसिस गरिरहेको छ। मुलुकी फौजदारी संहिता कार्यविधि संशोधन गर्ने गरी जारी अध्यादेशलाई सरकारले प्रमाणीकरणका लागि हाल राष्ट्रपतिकहाँ पठाएको छ।उता, सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।