धनगढी। धनगढी उपमहानगरपालिका द्वारा आमा बचाउ अभियानु कार्यक्रमका लागि वडा नम्बर १६ लाई आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर गोपाल हमालको उपस्थितिमा उपमेयर कन्दकला कुमारि रानाले वडा नम्वर १६ का अध्यक्ष रामलाल चौधरीलाई बिहिवार एम्बुलेन्स हस्तान्तरण गरेका छन।
ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले धनगढीबाट ‘आमा बचाउ’ अभियान कार्यक्रम सुरु गरेको नगर उपप्रमुख कन्दकला कुमारी रानाले बताईन । प्रसूति सेवाका लागि अस्पताल सम्म निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनको भनाई छ । एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पताल सम्म पुग्नका लागि सहयोग पुगोस भनेर निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए ।यसअघि सोमवार १८ का अध्यक्षका भुवन रिजाललाई पनि एम्बुलेन्स हस्तान्तरण गरिएको थियो।