धनगढी। धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्। ऐश्वर्य बहुमुखी क्याम्पसमा नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लागायतका संगठनहरुले शूल्क वृद्धि फिर्ता लिन माग गर्दै तालाबन्दि गरीएको जनाएका छन्। उनीहरुले क्याम्पस प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रशासन, क्याम्पस प्रमुखको कक्षमा ताला लगाएका हुन्।
क्याम्पस प्रमुख धर्मदेव भट्टले क्याम्पसले ३ वर्षमा शूल्क बढाएको विषयमा आपत्ती जनाउनु नियमसंगत नभएको र राजनीनित गर्नु, ताला लगाउनु नभएको बताए। कलेजमा राजनीनित र ताला लगाउँदै होहल्ला गर्नु उचित नभएको भट्ट उनले बताए । शूल्क फिर्ता लिन सकिने अवस्था नरहेको बताएँदै सञ्चालक समिति, राजनीतिक दल विद्यार्थी संगठन तथा सबैको सुझाव अनुसार शूल्क बढाउने निर्णय गरिएको उनले बताएका छन् । उनले शूल्क ३ वर्षपछि ३ सय मात्रै बढाइएको बताए । त्रिविको केही दिनमा परिक्षा भइरहेको छ। यस्तै अवस्था भए सञ्चालन गर्न अफ्ठ्यारो हुने बताए । यस्तो अवस्थामा क्याम्पस प्रसाशन नझुक्ने समेत उनले बताए ।
https://www.facebook.com/bhim.saud.5602728/videos/1214107239502950



