कैलाली। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। माओवादी केन्दको बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिलातर्फबाट गिता देबि माल र जानकी कुँवर पौडेल सूचीमा परेका छन्।
यस्तै नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सदस्यको टुंगो लगाएको छ। सो पार्टीले १४ जना सांसद पाएको थियो। जसमध्ये अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ महिला र २ पुरुषको नाम छनोट गरेका छन्। माओवादीबाट सांसद चुनिनेहरुमा आदिवासी जनतातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ छन्।खसआर्यतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नरायणी शर्मा चयन भएका छन्। थारुतर्फ रुपा सोसी चौधरी चयन भएकी छन् भने दलिततर्फ रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी छानिएका छन्।त्यस्तै, मधेशीतर्फ मीना यादव र उमरावती देवी यादव चयन हुँदा मुस्लिमतर्फ कल्पना मियाँ छनोट भएका छन्।