धनगढी। धनगढीमा एक सरकारी गाडीले स्कुल बसलाई ठक्कर दिएको छ। सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी सवार से १ झ २७६ नम्बरको सरकारी गाडी सैनिक आवासीय महाविद्यालयको बससँग ठोक्किएको हो। सोमबार बिहान सचिवालयका सचिव बोगटी सरकारी गाडीमा ब्याडमिन्टन खेल्न गइरहेका थिए।
उनको गाडीले ओभरटेक गर्दा विद्यालयको बससँग ठोक्किएको हो। स्थानीयका अनुसार धनगढी उपमहानगरपालिका–५ हसनपुरमा उनी सवार गाडीले ओभरटेक गर्दा महाविद्यालयको बससँग ठोक्किएको बताइएको छ। भने, दुवै गाडीको अगाडि भागमा समान्य क्षति भएको छ। ओभरटेक गर्ने क्रममा ठोक्किदा दुवै गाडीको अगाडिको भागमा क्षति पुगेको जनाएको छ।