धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको मुख्य सडक फराकिलो गर्न ६० करोड बजेट दिएको छ । धनगढी उप–महानगरपालिकाले माग गरेपछि प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड दिएको हो। धनगढीका मेयर गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड छुट्याएको जानकारी दिए।
हमालका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्न उक्त बजेट माग गरिएको बताए। उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले बजेट छुट्याएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्।धनगढी उप–महानगरले मुख्य सडक फराकिलो बनाउन संरचना भत्काइरहेका छ। सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तार गरिने उपमहानगरपालिकाले जनाएको छ ।