अछाम। अछाम जिल्लामा बदेलको आक्रमण परि एक जनाको ज्यान गएको छ। अछामको मेल्लेख गाउँपालीका गाउँपालीका ६ शोषशाका ४० बर्षिय केशर बोहराको ज्यान गएको हो । उनलाई शनिबार बिहान घर नजिकै बदेलले आक्रमण गरेको थियो । घाइते भएका बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
मृतक बोहरा मेल्ल्ख गाउँपालीकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए। पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ। बिशेषगरि जिल्लाका लेकालि भेगहरुमा जंगललि जनावरहरुको आतंक बढिरहेको हो। किसानहरुले लगाएका बिभिन्न बालिहरु जंगलि जनावर बँदेल, भालु, बाँदर लगायतले बेलाबखतमा नष्ट गरिदीन थालेपछि स्थानियहरु चिन्तीत बनेका छन्।