कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका- ३ बल्चौरमा स्कारपियोले अटोलाई ठक्कर दिदाँ ३ जना घाइते भएका छन । पुर्व पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा ३ बल्चौरमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरित दिशाबाट जाँदै गरेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको हो। ठक्कर दिँदा ३ जना घाइते भएका छन।
घाइते हुनेमा अटो चालक स्थानीय अन्दाजी २८ बर्षीय दिपक वादी, अटोमा सवार स्थानीय अन्दाजी ३० बर्षीय हरिश वादी र २४ बर्षीय कल्पना वादी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भिर घाइते भएका अटो चालकको टाउकोमा चोट र दुईवटै हात खुट्टा भाच्चिएका छन। अर्का गम्भिर घाइते हरिश वादीको टाउकोमा चोट लागेको छ । यस्तै मध्यम घाइते भएकी कल्पनाको टाउको र दाहिने हातमा चोट लागेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले घाईते तिनै जनालाई लम्कीमा रहेको लालरत्न अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको बताए । स्कारपियो चालक बाँकेको नेपालगन्ज उपमहानगरपालिका १० का ४१ बर्षीय भुपेन्द्र बिकलाई प्रहरीले चिसापानिको नियन्त्रणमा लिएको छ ।स्थानिय तथा घाईतेका आफन्तले बल्चौर चौकमा पुर्व पश्चिम् राजमार्ग अबरुद्ध पारेका छन् ।